मेरो मस्तिष्कमा हाम्रो सम्झना!

Nirmal
By
Nirmal
A storyteller at heart and a poet by instinct. Turning everyday moments into lines worth reading twice.

कहिले काहीँ सँगै खाजा खाने गथ्यौं नि हामी
मेरो लागि खाजा बनाई ल्याउथ्यौं तिमीले पनि
खाजा भन्दा मिठा थिए, खाजा खाँदै गरेका ती बातहरु
साथ अनि साहस देउ है मलाई, तिमि अझै अरु
तिमी भन्दा लाग्दैन् कोहि पनि खास अरु
साह्रै मिठो लाग्थ्यो तिम्रै हातले खुवाएका ती गाँसहरु

तिमी बाहेक कोही सँग पनि म यति धेरै खुलेको छैन्
तिम्रो हातको स्पर्श यो ओठले अझै भुलेको छैन्
मात्र तिम्रो साथमा, सबै दुःख भुलाई दिन्थे
मैले पनि त तिमीलाई एक दुइँ गास खुवाई दिन्थेँ
कहिलेकाही भोक लाग्दा तिमीलाई हेरेरै अघाउथेँ
तिम्रो साथमा हुदाँ सबै दुःख भुलाउथेँ

सधै तिमी सँगै हिड्ने यात्रा होस जिन्दगीमा
तिम्रो साथ सधै मिलोस् हरेक जुनीमा
त्यो हरेक चिज पाउँछु मैले खोजेको जति तिमीमा
कुनै समय यस्तो नहोस्, तिम्रो याद नहोस् यो मनमा
तिमी बाहेक अरु कसैको हुनु नपरोस् यो जीवनमा

तिम्रो दुःख मैले देख्न नपरोस्
मेरो भागको पनि खुशी तिमी मै सरोस्
सधै तिम्रै तस्बिर बसोस् यी मेरा नयनमा
तिमी नै हौ मनपर्ने हजारौं हजारमा
तिमी नभए पनि भए जस्तो आभाष हुन्छ
त्यहीँ नै तिमी सङ्गको सम्बन्ध जस्तो लाग्छ
तिमी रिसाए पनि तिमी मेरै हौ जस्तो लाग्छ
झर्किएर गाली गरेपनि तिम्रै बोलि स्वाद लाग्छ
भलै तिमीलाई मेरो बेवास्ता लाग्छ
तर मलाई सधैँ तिम्रो वास्ता लाग्छ

Ad imageAd image

तिमी सङ्ग त अब गाली झगडा र मायाको बानी परिसक्यो
अब त नओइलाउँने गरि हाम्रो सम्बन्ध सरि सक्यो
तिम्रै नाउ बोल्न पाउँ मेरा हरेक स्वासमा
तिमीलाई नै राखिदएँ मेरा हरेक विश्वासमा
जिन्दगीको हरेक घडी काट्न पाउँ तिम्रो साथमा
अनि साथ सम्भव नभए तिम्रो यादमा

हरेक समय म तिम्रो पर्खाइँमा हुने छु
कुनै प्रहर यस्तो होस् म तिम्रो हुँ! तिमी मात्र मेरो
दुःख सुख जे भएपनि बसौला हाँसेर
राख्छु तिमीलाई सधैँ मुटु नजिक छातीमा टाँसेर
जीवन नै मेरो धन्य भयो तिमीसँग साईनो गाँसेर ।।।❤️

✍️ निर्मल तिमल्सिना

A storyteller at heart and a poet by instinct. Turning everyday moments into lines worth reading twice.