अप्रिय घटना

Bikal
By
Bikal
A passionate storyteller, digital creator, and researcher dedicated to uncovering fascinating stories, mysteries, history, science, technology, and contemporary issues. As the driving force behind Sangriha, he...

फेरि जीवनको कठिनतम घडीमा उभिएको छु म,
आफ्नै छायासँग आजकल लडिरहेको छु म।
प्रेयसी गुमेपछि रित्तियो मनको संसार,
आफन्तकै भीडमा पनि एक्लिएको छु म।

आफ्ना भनिनेहरू सबै पराईझैँ भए,
सम्बन्धका फूलहरू काँडाझैँ भए।
एउटी आमा छिन् मायाको अन्तिम जून,
उनकै आशीषमा बाँचेको छु म।

हरेक बिहान सङ्घर्ष, हरेक साँझ थकान,
सपनाहरू अधुरा, आँखाभरि सुनसान।
केही गर्छु भनी हिँडेँ, तर केही गर्न सकिनँ,
हार मानेको छैन, तर जित्न पनि सकिनँ।

मौन छु, तर मनभित्र हुरी चलिरहेछ,
हाँस्छु, तर पीडा आँखाबाट झरिरहेछ।
यो जीवनको भार कहिलेसम्म बोकूँ म?
आफ्नै अस्तित्वलाई कहिलेसम्म रोकूँ म?

सायद मेरो कथा यत्तिमै सकिँदैन,
यो मौन पीडा शब्दमा कहिल्यै अटिँदैन।
म यी सबै भोगिरहनेछु तबसम्म,
जब सम्म मेरो आफ्नै कुनै अप्रिय घटना घट्नेछैन।।

Follow:
A passionate storyteller, digital creator, and researcher dedicated to uncovering fascinating stories, mysteries, history, science, technology, and contemporary issues. As the driving force behind Sangriha, he focuses on delivering well-researched, engaging, and thought-provoking content that informs, inspires, and sparks curiosity among readers. Through creative writing and in-depth exploration, he strives to bring untold stories and unique perspectives to a wider audience.