एक प्रतिज्ञा र “६० वर्ष पछिको भावुक मिलन”

Suraj
By
Suraj
Politics is people. Cutting through the noise with sharp research and sharper words, making sense of power for the ones it actually affects.

कथा सूरु हुन्छ, साउथ कोरियाको एउटा गाउँबाट । सन् १९५०, गाउँमा चारैतिर खुशीयालीको माहोल छ । गाउँलेहरु मध्येमा एक सानो परिवार छ, त्यो परिवारमा एउटा सानि बालिका छिन्, उनको नाम सियोल हो । सबै परिवारले साथमा एउटा राम्रो समय बिताइरहेको हुन्छ, तब अचानक…….. आकाशबाट अनगिनत बम झर्न सुरु गर्छन् । जसले गाउँले सबैको खुशीहरु निराशामा परिणत गराईदिन्छ । यस समयमा साउथ र नर्थ कोरियाबीच युद्ध चलिरहेको हुन्छ । दुई देशले एक अर्कालाई सिध्याउन लागिपरेका छन् ।

यसबाट बच्नको लागि सियोलकी आमा उनलाई एक कुनामा लुकाएर राख्छिन् । तिमि यहीँ बस, म एक्छिन्मा आउनेछु भन्दै सियोलकी आमा त्यहाँबाट जान्छिन् । ८ वर्षकी नाबालिग लाई थाहा हुँदैन् कि उनी आफ्नो आमालाई अन्तिम पटक देख्दैछिन् । केही समयपछि पुरै गाउँका मानिसहरुलाई नर्थ कोरियाका आर्मीहरुले मारिदिन्छन् । जो जति बचेका हुन्छ, तिनलाई कैदी बनाईन्छ । तर, उनीहरुले सियोललाई भने भेटाउँदैनन् । ती बालिका आफ्नी आमाको पर्खाईमा रोइरहेकी हुन्छिन् । उनलाई थाहा हुँदैन कि उनकी आमा फर्कदैनन् भन्ने ।

कहानीमा अब अर्को मुख्य पत्र तर्फ पनि जाउ । यस कहानिका अर्को मुख्य पात्र हुन् सुलेमान । उनी एक आर्मी हुन् र टर्कीमा बस्छन् । सुलेमान आफ्ना साथीहरुसँग साईकलमा कतै जाँदैछन् । तर, उनले बाटोमा नुडान नामकी एक यूवतिलाई देख्छन् । ती यूवतीले सुलमानलाई माया गर्छिन् र सुलेमान पनि उनलाई मन परााउछन् । सुलेमान गएपछि नुडानकी साथीले उनलाई भन्छिन, कोरियामा युद्ध चलिरहेको छ । मलाई लाग्छ, सुलेमान र उनका साथीहरुलाई यस युद्धमा पठाईन्छ । यो सुनेर नुडान निराश हुन्छिन् । उनी चाहादैनिन् कि, सुलेमान उनलाई छाडेर अन्त कतै जाओस् ।

तर नुडान जे नहोस् भन्ने चाहान्थीन अन्तमा त्यही हुन्छ । सुलमानलाई आर्मीका प्रमुखले बोलाउँछन् र उनलाई भन्छन्, ‘साउथ कोरियाको आर्मीले हामीलाई एउटा पत्र पठाएको छ । उनीहरुलाई हाम्रो सहयाोग चाहिएको छ र त्यहाँ हामीले आफ्ना सैनिकहरुलाई पठाउँदै छौं । त्यसमा तिमि पनि सामेल छौं ।

Ad imageAd image

रातको समय सुलेमानले नुडानलाई बताउँछ । यो सुनेर उ कत्तिपनि खुशी हुँदिनन् । उ रिसाउँछिन् र भन्छिन्, तिमिलाई त्यहाँ जानुपर्ने आवश्यकता के छ ? अरु पनि छन्, जसलाई आर्मीले पठाउन सक्छ ।

नुडान सुलेमानलाई यूद्धमा जान नदिन कोसिस गर्छिन् । कतै सुलेमानलाई गुमाउन पर्ने हो कि भन्ने उनलाई डर हुन्छ । सुलेमानले उनलाई सम्झाउँछ, साउथ कोरियालाई हाम्रो मद्धतको आवश्यक छ । अनि देशलाई मेरो जरुरत छ । त्यसैले म जानुपर्छ ।
त्यसपछि उसले गुड बाई भनेर आफ्नो साथी आली र टिमको साथमा कोरियाको लागि निस्कन्छ । उसले यसबारे आफ्नो परिवारलाई एउटा पत्र लेखेर बताउँछ । यो कुरा सुनेर उसका बाबुआमालाई चिन्ता बढ्दै जान्छ । तर, सुलेमान प्रति गर्व पनि गर्छन् । सुलेमानले एउटा पत्र नुडानलाई पनि लेख्छ, त्यसमा आफ्ना मनका कुराहरु पनि लेखेको हुन्छ । पत्रमा नुडानलाई धेरै माया गर्ने र छिट्टै भेट्न आउने बताएको हुन्छ ।

एक दिन उसको कोठामा केही कमिलाहरु आउँछन् । उसले ती कमिलाहरुलाई मार्नुको सट्टा खाना खुवाउछ । यो द्रिश्यले सुलेमान युद्ध चाहादैन् र सधै शान्त र खुशीका साथ आफ्नो जीवन बिताउँन चाहान्छन् भन्ने दर्शाउछ । यो द्रिश्य देखेर उसका साथी र सिनियरहरु सोच्न बाध्य हुन्छन्, जो मान्छे एउटा कमिलालाई मार्न सक्दैन्, त्यो युद्धमा कसरी लड्छ? अन्ततः सुलेमान र उनको टिम साउथ कोरिया पुग्दछ । जहाँ उनलाई राम्रो तरिकाले स्वागत गरिन्छ । त्यहाँ उनीहरुलाई भनिएकोे हुन्छ, नर्थ कोरिया साउथ कोरियातर्फ पसिरहेको छ, हामीले साउथ कोरियालाई मद्धत गर्नुपर्छ। यसपछि सबै मान्छे अलगअलग टिम बनाउँछन् र सीमाना तर्फ अघि बढ्छन् । बाटोमा सबै निराश र घरबिहीन भएका मानिसहरु, चारैतिर लास र डराएका मानिसहरु भेटिन्छन् । उनीहरु एउटा ठाउँमा रोकिन्छन्, त्यहाँ उनीहरुको एउटा साथीले भन्छ, अमेरिकाले यो युद्ध छिटै सकिने बताएको छ र हामी पनि छिटै घर फर्किन्छौं ।

तर, सुलेमानको भाग्यमा अरु नै केहि लेखिएको हुन्छ । त्यहाँ अचानक नर्थ कोरियाका जहाजहरु हमला गर्न सुरु गर्छन् । त्यसमा केही मानिसहरुको मृत्यु हुन्छ । यो हमलाका कारणले एकआपसको सम्पर्क पनि तोडिन्छ, जसले गर्दा उनीहरु कसैसँग मद्धत पनि माग्न सक्दैनन् । यो देखेर उनीहरुलाई थाहा हुन्छ, यो युद्ध यति सजिलै सकिनेवाला छैन् ।

अर्कोतर्फ टर्कीमा युद्ध सकिएको खबर फैलाईन्छ । जसलाई देखेर नुडान एकदमै खुशी हुन्छिन् । तर, उनी अन्जान थिइन् कि सुलेमानको साथमा केके भइरहेको छ भनि । सुलेमानका साथ उनका दुई साथी सहरतर्फ जाने सोच्छन् ताँकी उनीहरु आफ्नो सिनियरबाट अर्डर लिन सकुन् । बीच बाटोमा पुग्दा दुष्मनले उनीहरुमाथि हमला सुरु गर्छन् । साथै, उनीहरुलाई आफ्नो ज्यान बचाएर पैदल यात्रा गर्नुपर्ने हुन्छ ।

तीनै जना जंगलको बाटो अगाडी बढ्छन् । त्यहाँ सुनसान जग्गा देखिन्छ, जहाँ मानिसहरुका लास तितर बितर अवस्थामा हुन्छ । तब उनीहरुले अचानक बालिकाको रुदै गरेको आवाज सुन्छन् । जब सुलेमान त्यो आवाजलाई खोज्न थाल्छन्, उनले एउटा बालिकालाई भेटाउँछ । ति बालिका अरु कोई नभई सियोल थिईन् । सियोल यतिदिन पछि पनि आफ्नो आमाको लासको छेउमा रुँदै बसेकी थिईन् । सुलेमानले बालिकातर्फ साथीको हात बढाउँछ र सियोल पनि केही नसोचिँ उसको नजिक जान्छिन् । त्यसपछि, उनीहरुले सियोललाई आफ्नो क्याम्पमा लिएर जान्छन् । त्यहाँ एउटा साथीले सोध्छ, यि बालिका नर्थ कोरियाकी हुन् कि साउथ कोरिया कि । सुलेमानले भन्छ, हामीले यसबारेमा सोच्नुहुँदैन् कि यी बालिका साउन कोरिया कि हुन् या नर्थ कोरियाकी हुन् । हामीले अहिले यि बालिकालाई मद्धत गर्नुपर्छ । यिनलाई ख्याल गर्नुपर्छ। त्यसपछि सुलेमानले ति बालिकाको नाम आयला राख्दिन्छ । जसको अर्थ हुन्छ, चन्द्रमाको टुक्रा ।

आर्मि जनरल अफिस, आर्मि जनरल आफ्नो अफिसरहरुसँग कुराकानी गरिरहेको देख्छौं । जहाँ उनी भन्दै हुन्छन्, यो लडाईमा नर्थ कोरियाको साथ चाईना दिएको छ । साथै, साउथ कोरियाको साथ टर्की र अमेरिका छ । आयला सुलेमानको साथ बस्न थाल्छिन् । उनी उसको साथ एक सेकेण्डको लागि पनि छाड्दैन् । र, एकदिन सबै मानिसहरु सीमाना तर्फ गइरहेका हुन्छन्, बीचबाटोमै उनीहरुको गाडी बिग्रिन्छ । सुलेमान र उसको साथी उहीँ रोकिन्छन् र अरु अगाडि निस्किन्छन् ।

तब, उनीहरुलाई एक्लै देखेर केही चाईनीज आर्मीहरु उनीहरुमाथि हमला गर्न सुरु गर्छन् । सुलेमानको साथमा आयला पनि थिईन् । उनको शरिर खतरामा देखेर सुलेमान आफ्नो जीवनमा पहिलो पटक कसैलाई मार्ने सोच्दछ । उसले आफ्नो दिमागको प्रयोग गरेर बीना बन्दुक चाइनिजको हत्या गर्छ । जब यो धमाकाको आवाज उसका साथीहरुले सुन्छन्, उनीहरु दौडदै उसको मद्धत गर्न आउँछन् । यता, सुलेमान र उसका साथी बहादुरीका साथ दुष्मनसँग लडिरहेका हुन्छन् । एउटा समय यस्तो आउँछ कि एउटा आर्मी सुलेमानलाई मार्ने वाला थियो तब उसका साथी आउन्छन् र सुलेमानलाई बचाउँछन् । यस घटनामा सुलेमान गम्भीर घाईते हुन्छन् । उनलाई तत्काल अस्पतालमा भर्ना गरिन्छ ।

अर्कोतर्फ पुरा दुनियामा जंग पुनः सुरु भएको खबर फैलिन्छ । जब यो कुरा नाडुनलाई थाहा हुन्छ, तब उनी रुन थाल्छिन् । अस्पतालमा सुलेमान रातभर बेहोस् हुन्छ, जब उसलाई होस् आउँछ, उसले आयला आफ्नोे साथमा बसिरहेको देख्छ । उसको साथी आलीले सुलेमानलाई आयला रातभर उसैको साथमा बसिरहेको बताउँछ । यो सुनेर सुलेमान एकदमै खुशी हुन्छ । तर, यो कुरा साउथ कोरियाको प्रमुखलाई थाहा हुन्छ कि, टर्कीको एक आर्मी हाम्रो देशको एउटा बालिकाको ख्याल गरिरहेको छ । अनि, उनले भने, टर्कीको आर्मी पहिले नै हजारौं माइल तय गरेर हाम्रो मद्धत गर्न आएका छन् । अब हामी उनी माथि अझै बढी बोझ दिन हुँदैन् । हामी हाम्रा बच्चाको ख्याल हामी आफै गर्नुपर्छ ।

यो कुरा सुलेमानलाई पनि बताईन्छ । तरपनि, उ आयलालाई आफ्नो साथमा नै राख्न चाहान्छ । त्यसपछि सिनियरले सुलेमानलाई भन्छ, केही दिनमा साउथ कोरिया तिमिलाई बहादुरीको मेडल दिनेवाला छ । र, त्यो दिन तिमि आयलालाई लिएर त्यहाँ जानुहुन्न ।
अन्ततः केही दिनपछि सबै आर्मीहरुलाई बहादुरीको मेडल दिईन्छ । जसमा सुलेमान पनि हुन्छन् । उसले आयलालाई साथिसँग छोडेर आएको हुन्छ तर केहीबेर पछि उसले कारमा लुकेर आयला त्यही आइपुगेको देख्छ । सबै जना सानी बच्चीको मासुमियत देखेर हास्न थाल्छन् । अनि त्यहाँ फैसला गरिन्छ, जब सम्म आयलाको कुनै पनि नातेदार या आफन्ती भेटिदैनन्, तब सम्म उ सुलेमानको साथ बस्न सक्छिन् ।

यो समाचार अखबारमा पनि छापिन्छ, यो खबर नुडानले देख्छिन् र सुलेमान ठिक छ भनेर खुशी हुन्छिन् । तर, उनी निरास पनि हुन्छ कि सुलेमानले ती बालिकालाई बचाउनको लागि जे पनि गर्न सक्छ, आफ्नोे शरिर पनि खतरामा पार्न सक्छ । यसैगरी केही दिन, केही महिना बित्छन् । आयला र सुलेमान दुबैजना सँगै बस्न थालेका थिए । ती दुई हरेक समय एकसाथ रहन्छन् । क्याम्पमा सबै जना आयलाका साथी बनिसकेका थिए । आयला पनि उनीहरुको साथमा धेरै नै खुशी थिईन् । आयला आइसकेपछि क्याम्पका सैनिकहरुले आफ्नो पीडा केही समयको लागि बिर्सिसकेका थिए । जो उनीहरुलाई युद्धमा मिलेको थियो । आयला पनि उनलाई पिता मान्न थालेकी थिईन् । एकदिन उनले एउटा पेन्टिङ बनाउँछिन्, जो सुलेमानको हुन्छ । यो देखेर सुलेमानले पनि बुझिसकेको हुन्छ कि आयला उसलाई कति माया गर्छिन् भन्ने ।

यसपछि हामीले देख्छौं, एक दिन टोकियोमा ठूलो मेला लागेको हुन्छ । सुलेमान र उसका साथीले उनीहरुले आयलालाई लिएर त्यहा जाने तय गर्छन्, ताकी आयलालाई राम्रो महशुस होस् । उनीहरु तीनै जना साइकलमा घुम्छन्, साथमा फोटो पनि खिच्छन् । जब आयला सुत्छिन्, सबैलाई चिन्ता हुन थाल्छ कि केही दिनपछि टर्की फर्कनुपर्छ, आयला बिना कसरी रहने । आयलाको के हुन्छ ? त्यसरी नै केही दिनहरु बित्न थाल्छन् ।

एकदिन सुलेमानको साथी उसको नजिक आउन्छ र भन्छ, नजिककैको गाउँमा केही मान्छे आयलाको नातेदार भनिरहेका छन् ।
त्यसपछि सुलेमानले भन्छ, यो कुरा अरु कसैलाई नभन्नुहोला । म आफै गएर उनीहरुलाई भेट्न चाहान्छु । रात परेपछि सुलेमान उनीहरुलाई भेट्न भनि निस्किन्छ । तर, यो दुष्मनको चाल रहेको हुन्छ । उनीलाई थाहा हुन्छ कि सुलेमान पक्कै पनि आउनेछ र उ आउने बित्तिकै उनीहरुले अपहरण गर्छन् । यस कुराको खबर आली समक्ष पनि पुग्छ । उ तत्काल साथीको बाईक लिएर त्यहाँ पुग्छ र सुलेमानलाई उनीहरुबाट छुटाएर क्याम्पमा ल्याउँछ ।

यहाँबाट सिन परिवर्तन हुन्छ, आलि मालिन मोन्ड्रोका ठूलो फ्यान हुन् । उ उसको कन्सर्टमा जान चाहान्छ, तर ड्युटीको कारणले जान पाउँदैन् । उसले चाहान्थ्यो कि, उसको ठाउँमा अरु कसैले ड्युटी गरोस्, तर, सुलेमान उसलाई सम्झाउँछ, आलिको लागि उसको अटो ग्राफ अवश्य पनि लिएर आउँछु, तथा उ ड्युटि मै होस् । अन्ततः त्यही नै हुनेछ । सुलेमान आयलालाई लिएर मालिनको कन्सर्टमा पुग्छ । र, आयलाको मद्धतबाट मालिनको अटोग्राफ ल्याउँछ । ताँकी आलीको सपना पुरा गर्न सकोस्। तर, हामी देख्छौं कि, आलीको ड्युटीको समयमा गोली लाग्छ र घटनास्थलमै मृत्यु हुन्छ । सुलेमानले आफ्नो बच्चा देखीको साथीलाई गुमाउँछ । उसको मृत्युपछि सुलेमान धेरै दुःखी हुन्छन् र रातभर रुन्छन् । त्यो देखेर आयला पनि रुन थाल्छिन् ।

टर्की आर्मीको साउथ कोरियामा एक वर्ष बित्छ । र, साउथ कोरियामा युद्ध अन्त्य हुने समयमा थियो । त्यसैले सुलेमान र उसका साथीहरुलाई घर पठाउने तयारी गरिन्छ । तर, सुलेमान यही बस्ने निर्णय गर्छ किनभने उ आयलालाई एक्लै छाडेर जान चाहादैन् । सबै जना आयलालाई बाई भनेर टर्की फर्कन्छन् । साथै, केही दिनपछि टर्कीबाट अर्को टिम साउथ कोरिया आउँछ । सुलेमान फर्केर नआउँदा उसका बाबु आमा र प्रेमिका नुडान धेरै नै चिन्तामा पर्छन् । तर, उनीहरु केही गर्न सक्दैनथे ।

एकदिन रेडियोमा एउटा गीत बजिरहेको हुन्छ । त्यो गीत नुडानको आग्रहमा बजाईएको हुन्छ । जब उक्त गीत सुलेमानले सुन्छ, तब उँ रुन थाल्छ । उसलाई थाहा हुन्छ कि यो गीत नुडानको आग्रहमा बजाईएको हो । तर, यही गीत सुलेमानकी बच्चाबेलाकी साथी निमितले पनि सुन्छिन्, उनी निराश हुन्छि किनकी उँ सुलेमानलाई सानैदेखि माया गर्थिन् । उनलाई थाहा भयो कि, सुलेमान अर्कैलाई माया गर्छ । गीत सुनिसकेपछि सुलेमानले आयलालाई भन्छ, म तिमि सँग वाचा गर्छु, जहिले म यहाँबाट जान्छु, तिमिलाई पनि सँगै लिएर जानेछु । केही दिन पछि सुलेमान आफ्नो सिनियरकोमा जान्छ र आयलालाई साथमा लैजान अनुमति माग्दछ । तर, उनको सिनियर धेरै नै रिसाउँछन् र भन्छन्, जबसम्म तिमि आर्मीमा छौं, आर्मीको निर्देशन मान्नुपर्छ । तिमि एक्लै नै घर फर्कनुपर्छ । र, आयलालाई यही छोड्नुपर्छ । त्यसपछि उनीहरुले सुलेमानलाई कोरियाका टिचरसँग भेटाउँछन्, जो आफूसँग आश्रममा राख्न चाहान्छिन् । उनले भन्छिन्, म सँग अरु पनि थुप्रै बच्चाहरु छन् । जो पढाई गर्छन् । आयलाको पनि ख्याल राख्छु ।

सुलेमानले भने, यो कुरा आयलालाई सम्झाउन समय लाग्छ । उसलाई केही समयको आवश्यकता छ । त्यसपछि आयलालाई म आफै आश्रममा लिएर आउँछु । केही दिनपछि टिचर, सुलेमान र आयला उक्त ठाउँमा जान्छन्, जहाँ एउटा स्कुल पनि हुन्छ । त्यहाँपुगेपछि सुलेमानले आयलालाई भन्छ, अब तिमि ठूलो हुँदै छौं । तिमि स्कुल जानु आवश्यक छ।

जब आयला कक्षाकोठामा एन्थम गीत गाउँन थाल्छिन् । सुलेमान र उसको साथि उसलाई देखेर रुन थाल्छन् । उनीहरु आयलालाई छाडेर फर्केर आउँन खोज्छन्, आयला सुलेमान बिना रहन सक्दैनथि, उँ दौडेर सुलेमानको नजिक पुग्छे, अनि रुन थाल्छे र अंगालो हाल्छे । अनि भन्छिन्, तपाई मलाई एक्लै छाडेर नजानुहोस् । उसको कुरा सुनेर सुलेमानको आखाँमा आशु आउन थाल्छन् । अनि उसले वाचा गर्छ, जसरी भएपनि आयलालाई आफुसँगै टर्की लिएर जान्छु ।

दुवै जना घर पुग्छन् । सुलेमान एउटा बाकस बनाईरहेको छ, त्यसमा उँ आयलालाई लुकाएर लैजान्छ । जब उ जहाजसम्म पुग्छ, एउटा आर्मीलाई उ माथि शंका हुन्छ । त्यसपछि उसको सच्चाई अगाडी आईपुग्छ । सबैले उसको बाकस खोल्छन्, उनीहरुले त्यसमा आयलालाई देख्छन् । त्यसपछि सुलेमानलाई मुख्य कार्यालयमा बोलाईन्छ । त्यहाँ उसको सिनीयर उसलाई कुनै सजाय त दिदैँन् । तर, उसलाई यहाँबाट जान भन्छ । सुलेमान अझै पनि आयलालाई साथमा लैजाने कुरामा अडिग थियो किनकी उसले आफ्नो साथि आलीलाई पहिले नै गुमाईसकेको थियो । अब आयलालाई पनि यहाँ छाडेर जान चाहादैनथ्यो । तर, उसको सुपेरियर उसलाई सम्झाँउछ, तत्काललाई यहाँबाट जाओस् र केही वर्षपछि आयलालाई लैजाओस् । यो कुरा सुलेमानलाई राम्रो लाग्छ, त्यसैले उ यहाँबाट जानको लागि तयार हुन्छ ।

आखिर त्यो दिन आईपुग्छ, आयला सुलेमानसँग छुट्टिनु थियो । उ जहाजमा उभिन्छ, त्यहाँ आयला पनि थिई । तर, आज त्यहाँबाट सुलेमान जाने वाला थियो । उसले आयलासँग भन्छ, एउटा बुबा आफ्नो छोरीको लागि जे पनि गर्न सक्छ र मेरो तिमिसँग यो बाचा छ कि म तिमिलाई लिन फेरी आउनेछु । त्यसपछि हामी सधै साथमा रहन्छौं । तर, आयला केही पनि बुझ्दैनथि किनकी उ सुलेमानको साथ रहन चाहान्थी । तर, सुलेमान आयलाको आखाँको नजिकबाट टाढा जाँदैछ । सुलेमान जहाजमा चढ्छ । आयला पहिलोपटक यति धेरै रोएको हुन्छ । देख्दादेख्दै सुलेमान टर्की पुग्छ । उहाँ पुगेपछि उसलाई दोस्रो ठूलो झट्का लाग्छ, उसले थाहा पाउँछ कि , नुडानले अरु कसैसँग इन्गेजमेन्ट गरिसकेकी छिन् । उ सिधै नुडानलाई भेट्न जान्छ । अनि सोध्छ, तिमिले यस्तो किन गर्यौ अनि नुडानले भन्छिन्, तिमिले मेरो कुरा कहिले मानेनौं, तिमि धेरै नै डिसलयल थियौं । त्यो बालिकाको लागि तिमिले मलाई एक्लै छाडिदियौं । त्यसैले मलाई इन्गेजमेन्ट गर्नुपर्यो । अब म तिमिसँग बस्न सक्दैन् ।

अब सुलेमानले पनि यहाँ नबस्ने निर्णय गर्छ । उ सबै छाडेर आफ्नो आमाबुबाकोमा जान्छ । जादाँजाँदै उसले बच्चाबेलाको साथि निमितसँग बिबाह गर्छ । उसले बाल्यकालदेखि नै सुलेमानलाई माया गर्थि । विवाहको धेरै दिन पुगिसक्छ तर, सुलेमान अझै पनि आयलाको बारेमा सोचिरहेको थियो । सुलेमानलाई निराश देखेर निमितले फैसल गर्छे कि सुलेमानको लागि आयलालाई खोज्ने । निमित आयलालाई खोज्नको लागि हरेक प्रयास गर्छे । यस्तो गर्दागर्दा उ एकदिन कोरियन दुतावासमा पुग्छे, जहाँ सुलेमानलाई बोलाईन्छ । अनि त्यहाँ भनिन्छ, आयला नामको बालिकालाई खोज्न धेरै नै मुस्किल छ । अहिलेसम्म उसको नाम परिवर्तन गरिसकेको होला । यो सुनेर सुलेमान झन बढी निराश र दुखी हुन्छ । उसलाई लाग्छ, अब आयलाले नाम जस्तै, मलाई पनि बिर्सिसकेकी होली ।

तर, निमित उसलाई भरोसा दिलाउँछे, हामीहरु आयलालाई पक्कै पनि खोज्नेछौं । तर,उनीहरुलाई थाहा हुँदैन् कि आयलालाई खोज्दाखोज्दै पुरा ४७ साल बितिसकेको हुन्छ । यसपछि हामीले ४७ वर्षपछिको समय देखाउँछौं, सुलेमान र निमित वृद्ध भईसकेका हुन्छन् । उनीहरु बसोबास गर्दै आएको स्थानभुलमा एउटा ठूलो भुकम्प आउछ । सबै जना आफ्नो घरबाट बाहिर आईसकेका हुन्छन्, तर सुलेमान पुनः घरभित्र जान्छ र उ सँग आयलासँग जोडिएका जतिसुकै कुराहरु थिए, त्यसलाई सम्हालेर राख्छ । यो दृश्यले जनााउछ कि, यतिका वर्षपछि पनि सुलेमानले आयलालाई बिर्सिन सकेको छैन् । उ अहिले पनि उसलाई खोजिरहेको हुन्छ ।

अब सिन सिफ्ट हुन्छ, हामी २००२ साल देख्छौं, फिफा वल्र्डकपको खेल चलिरहेको हुन्छ, जहाँ साउथ कोरिया र जापानको टोली खेलिरहेको छ । त्यो म्याचमा पनि सुलेमान आयलालाई खोज्ने कोशिस गरिरहेको हुन्छ कि सायद उसलाई आयला भेटिओस् । तर, यी सब कुराले उसकी आफ्नै छोरी धेरै नै दिक्क भईसकेकी हुन्छे । उसले चाहान्थी कि उसको बाबुले आयलालाई खोज्न बन्द गरोस् र आफ्नो परिवारको बारेमा सोचोस् । तर, ४८ वर्षपछि सुलेमानको आखाँमा आयलाको माशुम अनुहार आउँछ ।

केहि समय पछि…, निमितलाई एउटा फोन आउँछ, उक्त फोन रिपोर्टरको थियो । उसले भन्छे कि सुलेमानको कहानीमा एउटा फिल्म बनाउन चाहान्छु । साथै, आयलालाई खोज्न पनि मद्त गर्छु । यो सुनेर सुलेमान र निमित दुबै जना धेरै नै खुशी हुन्छन् । त्यसपछि सुलेमान उसलाई भेट्न जान्छ र सबै कहानी बताउँछ । त्यसपछि, रिपोर्टर आयलालाई खोज्न हिड्छे, केही हप्तापछि उसले आयलासँग पढ्ने केहि साथीहरु भेट्छे, उनीहरुले भन्छन कि आयला सधै एन्थम गाउँथिन् । यो कुरा सुनेर सुलेमानको आँखामा आशुँ आउँछ । केही छिन पछि रिपोर्टरलाई एउटा फोन आउँछ । उसलाई बताईन्छ कि एउटा यूवती आफूलाई आयला बताउदै छ । यो सुनेर तत्काल उ उक्त यूवतिलाई भेट्न जान्छे । तर, यो कुरा सुलेमानलाई थाहा दिँदैन् । जब उक्त यूवतीलाई लेखकले सुलेमान र आयलाको बच्चाबेलाको फोटो देखाउँछे, तब फोटोलाई देखेर युवति रुन थाल्छे । उनी अरु कोई नभएर उही आयला हुन्छीन्, जसलाई खोज्नको लागि सुलेमानले पुरै जीवन लगाएको थियो । आयला भन्छे, उनी आफ्नो बुबासँग छिटो भन्दा छिटो भेट्न चाहान्छ ।

सन् २०१० को समय पुरा ६० वर्षपछि सुलेमान पुन साउथ कोरिया आउँछ । अनि भन्छ, कोरिया धेरै नै परिवर्तन भएको छ । थाहा छैन्, कसरी मेरी छोरी यहाँ बाँचेकी होली ।
आयलालाई भेट्न उ एउटा पार्कमा बसिरहेको हुन्छ । जब उसले आयलालाई देख्छ, पहिलो नजरमै उसलाई चिन्छ र अंगालो हाल्छ । त्यसपछि उनीहरु एकअर्कालाई हेर्दै मज्जाले रुन थाल्छन् । यो दृश्यले हामीले सुलेमानले ६० वर्ष अगाडी गरेको बाचा देख्छौ, एउटा बुबा आफ्नो छोरीको लागि जे पनि गर्नसक्छ । उसले आयलासँग भनेको थियो, म लिन पक्कै आउँछु । आज उ आयलालाई लिन आयो । जेहोस् बाचा निभाउनको लागि सुलेमानलाई ६० वर्ष लाग्यो, तर उसले आफ्नो कसम तोडेन ।

रियल फुटेज

यो कथा पढेपश्चात तपाईलाई एउटा भनाई पक्कै पनि याद आएको होला, कुनै पनि चिजलाई मनले चाह्यो भने पुरा दुनियाँ उसलाई भेटाउन लागि पर्छ ।❤️

Politics is people. Cutting through the noise with sharp research and sharper words, making sense of power for the ones it actually affects.