प्रश्न उत्तरीय!

Bikal
By
Bikal
A passionate storyteller, digital creator, and researcher dedicated to uncovering fascinating stories, mysteries, history, science, technology, and contemporary issues. As the driving force behind Sangriha, he...

म सँग प्रश्नहरु हजारौ छन्
उत्तर दिने कोहि छ ?
कथा र भोगाई पनि टन्नै छन्
सुनिदिने कोहि छ ?
सिपहरु कयौँ छन्
जागिर दिने कोहि छ
अभिव्यक्तिहरु प्रयाप्त छन्
समय निकालेर बुझिदिने कोहि छ ?

छ त केबल लालच
निश्वार्थ संसारमा स्वार्थ जन बन्न खोज्ने
छ त केबल समय
कसैको परवाह नगरि निरन्तर चलिरहने
छ त केबल ति कोलाहल
जो कहिँ नगई सहरमा मात्र थुप्रिरहने
छ त केबल एक शब्द
पूर्णविराम र प्रश्न चिन्हमा समाप्त भैजाने

के आश बाँकि रहन्छ र अब
देशको रक्षा कबच टुटेको दशकौ बढि भैसक्दा
के विश्वाश कायम रख्ने र अब
मातृभुमिले नै हार मानिसक्दा
के अठोट बोक्ने र खै
माननिय नै अमानार्थ देखिसक्दा
के फूल रोप्ने र खै
जिमिनमा सतिको श्राप लागिसक्दा

……………….

Ad imageAd image

हो विश्वासिलो पत्रले गर्छ झेल
किनकि विदेशि संस्कारमा रमाउद जो छौ
हो प्रियजनसँग हुदैन मेल
जुनै कुरामा पनि स्वार्थ बनेको जो छौ
हो हिड्दै जाँदा पाईला मेटिदै छ
डुङ्गाको औचित्य नबुझि सवार हुँदै जो छौ
हो विदेशिन बाध्य छौ
त्यही पात्रको कुरालाई सकारात्मक मान्दै जो छौ

खै के हुने हो अब
सबैले हार मानिसके रे
खै कसले सुन्छ र यहाँ
सुन्ने कानमा त पहिलेनै तेल हालिसके रे
खै कस्तो मोड हो यो
अडिक रहँदा नटुङ्ीजाने रे
खै कस्तो आस्था हो यो
बाहिरि भुमिकै सबै सहि हुने रे

हुन्छ नि सजिलै न डगमगाए
आखिर पुर्खाले आज्र्याको देश पो त
हुन्छ नि निश्वार्थ आन्दोलन जगाए
जन्जीर खोल्ने चाबि आफैसँग छ त
हुन्छ नि माननिएको चागडि नगरे
तन्त्रले राजा आफैलाई बनाईदिएको पो छ त
हुन्छ नि प्रियजन सबै आफ्ना
श्रापलाई बिस्तारै पखाल्ने जोह गरे त ।।।

Follow:
A passionate storyteller, digital creator, and researcher dedicated to uncovering fascinating stories, mysteries, history, science, technology, and contemporary issues. As the driving force behind Sangriha, he focuses on delivering well-researched, engaging, and thought-provoking content that informs, inspires, and sparks curiosity among readers. Through creative writing and in-depth exploration, he strives to bring untold stories and unique perspectives to a wider audience.