अर्घौता थानको कथा.

Bikal
By
Bikal
A passionate storyteller, digital creator, and researcher dedicated to uncovering fascinating stories, mysteries, history, science, technology, and contemporary issues. As the driving force behind Sangriha, he...

युग परिवर्तनसँगै धेरै ऐतिहासिक कथाहरु बिस्तारै विस्मृतिमा जान्छन्। नेपालमा पनि यस्ता अनगिन्ती कथाहरु छन्, जसले स्थानीय परम्परा, आस्था र इतिहासलाई जिउँदो राखेको छ। गोरखाको अर्घौता थानको कथा पनि एक यस्तै एक अद्भुत किम्बदन्ती हो, जसले दुई सय वर्ष पुरानो संस्कृतिलाई आजसम्म जिवन्त बनाएको छ।

अन्दाजी करिब दुई सय वर्ष पहिले (वि.स. १८५३)मा गोरखाको कोखे नेवार गाँउ स्थित डुम्रिस्वाँरा पाखाबारीमा पुर्वज विलोचन राना मगर जोत्दै थिए । जोत्दै गर्दा गराको बिच भागमा हलो अड्कियो । धेरै समय निकाल्ने प्रयास गरे, तर नस्किएन । केहि समयको प्रयास पछि कोदालोले खनेरअ बल्ल तल्ल निकाल्न सफल भए । तर हलो मात्र निस्किएन हलो सँगै एक अनौठो ढुङ्गा (शिला) पनि निस्कियो ।

सुरुमा त विलोचन अचम्मित परे, किनभने सामान्य ढुङ्गा जस्तो त पक्कै पनि थिएन । अनि उक्त शिलामा चोट लागेको (टुक्रिएको) ठाउँबाट रागत आए जसरी सेतो तरल पदार्थ बगिरहेको थियो । त्यो देखेर उनी आत्तिए, र सोचे यो के अनर्थ भयो। त्यसपछि, विलोचन जोत्न छाडि गोरु फुकाएर घर तर्फ लागे । घर फर्कने क्रममा पनि उनको मष्तिस्कमा एउटै प्रश्न चलिरहेको थियो, आखिर के चाहिँ हो त्यो शिला, किन उक्त शिलाबाट रगत आए जस्तो देखियो? प्रश्न अनेकौ थिए तर उत्तर…..!

उनी ति सबै प्रश्नहरुसँगै बेलुकि खाना खाई वरि सुते । त्यस रात विलोचनको सपनामा आईन एक देवि रूपी अनुहार जून उक्त शिलाबाट प्रकट भएकि थिईन् । देविले विलोचनलाई भनिन्, “विलोचन, म यस ठाउँको देवि हुँ, तिमीले उक्त शिला/मुर्तिलाई सबैले देख्ने ठाउँमा थान बनाई पूजा गर्नु है, तिमीलाई पाप लाग्दैन, जसले मेरो पूजा गर्छ उसले आटेको, चाहेको कुरा सबै पुरा हुनेछ । वन्यजन्तुको भय हुनेछैन“। यति भनेर देवि शिलामै परिणत भईन् ।

Ad imageAd image

भोलि पल्ट बिहानै, विलोचन नजिकैको नेवार वस्तिमा गए र नेवार समुदायको सबैलाई चौतारामा भेला गरि आफूले हिजो देखेको शिला र राति सपनामा भएको कुरा बताए । त्यसपछि गाउँलेहरु डुम्रिस्वाँरा गए । न भन्दै विलोचनले भने जस्तै शिला त्यहाँ ओसिलै अवस्थामा थियो । गाउँलेहरू सबैको खुसीको सीमा रहेन । देविको नामकरण गर्ने समयमा सबै वृद्धाहरूले उक्त देविको नाम “अर्घ“ दहि जस्तै सेतो तरल पर्दार्थ बगिरहेको हुदा “अर्घौता“ नमकरण गरिएको किम्बदन्ति रहेको छ । सबैले शिला भएकै स्थनमा थान बनाउने निधो भयो । त्यो दिन काठपात र ढुङ्गहरु संकलन गरियो, बाँकि काम भोलिलाई भनि सबै घर फर्के ।

भोलि बिहानै गाँउलेहरु जग खन्न कोदालो र खन्तीहरु लिएर गए । तर, उक्त स्थानमा न त गाँउलेहरुले हिजो संकलन गरेको ढुङ्गा र काठपात थियो न त शिला नै… सबैमा एक किसिमको त्राश र निरासापन छरियो, केही समय त्यहिँँ बसि छलफल गरे । अन्तमा अचम्मित र निरास भावका साथ घर फर्कने जोह गर्न थाले । घर फर्कनै लाग्दा नेवार समुदायकै एक जाना हतासिदै त्यहाँ आए । उनले आफुहरुले हिजो संकलन गरेको काठपात र ढुङ्गा त अलि पर आपको बोट छेउमा रहेको बताए । स्थानियहरु हतार हतार त्यहाँ पुगे । त्यस ठाँउको दृश्य देखेर सबै स्थानियहरु दङ्ग भए ।

हिजो स्थानियहरुले जुन अवस्थमा काठपात र ढुङ्गहरु डुम्रीस्वारामा राखेका थिए, ठिक त्यही अवस्थामा नै आँपको बोट छेउम रहेको थियो । मानौ कुनै दिव्य शक्तिले सर्लक्कै उचालेर सरे जस्तो, नजर घुमाएर आँप को बोट मुनि हेर्दा सिला पनि त्यही पाइयो । स्थानियले बुझेकी अर्घौता देविले रुचाएको ठाँउ त्यहिनै हो । आँपको रुख लाई बिच बनाएर ढुङगाको गारो लगाई थानको निर्माण सुरु गरियो । शास्त्र अनुसार कुनै पनि थान पुर्व पट्टि फर्किएको हुदैन तर अर्घौता को मुर्ती पर्व पट्टि फर्किएको हुँदा पश्चिम पट्टि माहादेवको शिव लिङ्ग राखी पुजा गर्न सुरु गरियो ।

अन्तत यसरी आरम्भ भयो अर्धौता थानको इतिहास । यस थानमा पुजा गर्नकै लागि विभिन्न ठाउँ बाट मानिसहरु आउने गर्दछन् । श्रावण, एकादशी र औंसी बाहेक हरेक दिन यस थानमा पुजा हुने गर्दछ । गोरखा सदरमुकामबाट करिब चौधअ किलो मिटर दुरिमा रहेको यस ठाँउ अहिले पनि अर्घौता नामले परिचित छ । नेवार वस्तिको करिब ४० घर धुरि मध्यमा आज पनि एक घर मगर कै छ । दुई हजार चउन्न साल मा ढुङ्गा चिटेर नयाँ स्वरुप दिएको उक्त थानलाई दुई हजार बहत्तर सालको महा–भुकम्मले छेती पुर्याएपछि विभिन्न संघ, संस्था र व्यक्तीहरुको सहयोगबाट पुनः निर्माण गरिएको छ । इतिहास बोकेको यस थानमा भक्तजनहरु निरन्तर नै आइरहने गर्छन ।

Follow:
A passionate storyteller, digital creator, and researcher dedicated to uncovering fascinating stories, mysteries, history, science, technology, and contemporary issues. As the driving force behind Sangriha, he focuses on delivering well-researched, engaging, and thought-provoking content that informs, inspires, and sparks curiosity among readers. Through creative writing and in-depth exploration, he strives to bring untold stories and unique perspectives to a wider audience.