अप्रिय घटना

फेरि जीवनको कठिनतम घडीमा उभिएको छु म,
आफ्नै छायासँग आजकल लडिरहेको छु म।
प्रेयसी गुमेपछि रित्तियो मनको संसार,
आफन्तकै भीडमा पनि एक्लिएको छु म।
आफ्ना भनिनेहरू सबै पराईझैँ भए,
सम्बन्धका फूलहरू काँडाझैँ भए।
एउटी आमा छिन् मायाको अन्तिम जून,
उनकै आशीषमा बाँचेको छु म।
हरेक बिहान सङ्घर्ष, हरेक साँझ थकान,
सपनाहरू अधुरा, आँखाभरि सुनसान।
केही गर्छु भनी हिँडेँ, तर केही गर्न सकिनँ,
हार मानेको छैन, तर जित्न पनि सकिनँ।
मौन छु, तर मनभित्र हुरी चलिरहेछ,
हाँस्छु, तर पीडा आँखाबाट झरिरहेछ।
यो जीवनको भार कहिलेसम्म बोकूँ म?
आफ्नै अस्तित्वलाई कहिलेसम्म रोकूँ म?
सायद मेरो कथा यत्तिमै सकिँदैन,
यो मौन पीडा शब्दमा कहिल्यै अटिँदैन।
म यी सबै भोगिरहनेछु तबसम्म,
जब सम्म मेरो आफ्नै कुनै अप्रिय घटना घट्नेछैन।।
मृत्युदण्डको मागदेखि अन्तर्राष्ट्रिय दायित्वसम्म
नेपाल फेरि एकपटक एउटा अत्यन्त पीडादायी घटनाका कारण स्तब्ध भएको छ। बाराको जीतपुरसिमरा क्षेत्रमा प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार तीन वर्षिया बालिकाको बलात्कारपछि हत्या भएको भनिएको…





