रसुवा, नुवाकोट र ग्याङ्ग्रोङ क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोमा ज्यान गुमाउनु भएका सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं। शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौं। सम्पर्कविहीन तथा बेपत्ता व्यक्तिहरूको सकुशल खोज तथा उद्धारको कामना गर्दै, घरबारविहीन प्रभावित परिवारको सुरक्षा, धैर्य र पुनःस्थापनाका लागि प्रार्थना गर्दछौं। यस विपत्तिको घडीमा सबै मिलेर सहयोग गरौं।